राप्ती नदीको सिधनिया घाटमा महादीपोत्सव (फोटोफिचर)

सिधनिया, बाँके । बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदीको सिधनिया घाटमा महादीपोत्सव गरिएको छ । शुभ दिपावलीको पावन अवसरमा यस वर्ष पनि घाटमा महादिपोत्सव गरिएको हो ।

दीपोत्सवमा राप्ती किनारमा ५ हजार एक सय ११ वटा दीयो बालिएको छ । महाद्वीपोत्सवपछि राप्ती किनार बत्तिको उज्यालोले झलमल्ल भएर धपक्कै बलेको थियो ।

महाद्वीपोत्सव गर्नुअघि डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले पण्डितबाट पूजा गर्नुभएको थियो ।

बागश्वरी संचार सेवा प्रालिको आयोजनामा भएको कार्यक्रममा उल्लेख्य सर्वसाधरणको उपस्थिति रहेको थियो । दियो बाल्दै स्थानीयले जय श्रीराम भन्दै जयजयकार गरेका थिए ।

Previous articleराजीव गान्धी फाउन्डेशनले विदेशी सहयोग लिने लाइसेन्स रद्द
Next articleपक्राउ गरिएकाहरु कोहलपुर प्रहरीद्धारा सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here