पक्राउ गरिएकाहरु कोहलपुर प्रहरीद्धारा सार्वजनिक

कोहलपुर । बाँकेको कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले लागू औषध ब्राउन सुगरसहित सरकारी कर्मचारी पक्रउ गरेको छ ।

दाङ जिल्ला डिभिजन बन कार्यालय घोराहीका रेन्जर किरण तिवारीलाई सरकारी नम्वर प्लेटको रा.१ब.८९९ नम्वरको निलो पल्सर मोटरसाईकल सहित प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको हो ।

शनिबार सार्वजनिक विदाको दिन सरकारी नम्वर प्लेटको मोटरसाईकलमा कोहलपुरदेखि दाङ जाने क्रममा राप्ती सोनारी गाँउ पालिका वडा नं.९ ढकेरीस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा गोप्य सुचनाको आधारमा प्रहरीले चेक जाँच गर्दा मोटरसाईकलको शक र हेडको बिचको भागमा हरियो रङको प्लाष्टिकको १ पोकामा रहेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ कपडाले लपेटी लुकाई राख्यको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उक्त समाग्री तौल गर्दा १४ ग्राम ६१० मिलिग्राम रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनुभयो । ­पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका भरत चौधरी र जिल्ला प्यूठान धर्मावती– ४ स्थाई घर भई हाल जिल्ला दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर घर भई जिल्ला वन कार्यालयमा कार्यरत रेन्जर किरण तिवारी पक्राउ गरिएको डिएसपी मल्लले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

यस्तै कोहलपुर प्रहरीले शुक्रबार बाँके बैजनाथ गाँउपालिका वडा नं. ५ का मनिश थारुलाई ७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको मल्ल्ले बताउनुभयो ।

९४० मिलि ग्राम ब्राउन सुगर सहिद शुक्रबार नै कोहलपुर नगरपालिका वडा नं.२ विकास नगरका (बिजय) भन्ने बिर वहादुर बि.क.को घरमा लागूऔषध कारोवार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लगाएको ट्राउजरमा लुकाई राखेको अवस्थामा उक्त मात्राको ब्राउन सुगरसहित विकलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

यस्तै २०७९/६/२५ गते बैजनाथ गाँउ पालिका वडा नं.१ चिसापानी सन्तोष शाही र पदम बुढाको साथबाट ७३० मिलिग्राम ब्राउन सुगर सहिद प्रहरीले उनिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी मल्लले जानकारी गराउनुभयो ।

Previous articleराप्ती नदीको सिधनिया घाटमा महादीपोत्सव (फोटोफिचर)
Next articleआज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण, के गर्ने के नगर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here