बाढीपीडितका लागि समृद्धिले पठायो राहत

नेपालगञ्ज । सामाजिक कार्य गर्दै आफुलाई परिचित गराएको समृद्धि फाउण्डेशन नेपालले बाढीपीडितको सहयोगी बनेको छ । पाउण्डेशन बाँकेले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि राहत सामग्री प्रभावित छेत्रमा पठाएर सहयोगी कार्य गरेको छ ।

बाँकेका विभिन्न व्यक्ति, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकबाट संकलन गरेको राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पारदर्शी र प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले नेपाल सरकारमार्फत वितरणका लागि उक्त सामाग्री फाउडेशनले पठाएको जनाएको छ ।

फाउन्डेशनका अनुसार संकलित राहत सामग्रीमा ९ प्याकेट फेसमार्क, ३ बोतल ह्यान्डिप्लान्ट, १०० थान ओक्स, १० कार्टुन नुडल्स, ४ कार्टुन पार्ले–जी बिस्कुट, २ बोरा भुजा, १२र१२ थान बाल्टी तथा जग, ६१ वटा हाइजिन किट, २ हजार ५०० थान कपडा, २२ जोड जुत्ता–चप्पल, १०० किटलगायत विभिन्न भाँडाकुँडा तथा दैनिक उपभोग्य सामग्री छन् ।

हाइजिन किटमा दुईवटा ब्रस, एकवटा टुथपेस्ट, साबुन तथा स्याम्पु लगायतका सामग्री समावेश गरिएको फाउन्डेशनले जनाएको छ । संस्थाका अनुसार कपडातर्फ बालबालिकाका लागि ६०० थान, पुरुषका लागि ५०० थान र महिलाका लागि ९०० थान कपडा रहेको विवरणमा उल्लेख छ।

फाउन्डेशनका अध्यक्ष महेश कुमार चौधरीले विपद्को कठिन अवस्थामा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै संकलित सामग्री वास्तविक प्रभावितसम्म पुग्नु आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

“विपद्को समयमा विभिन्न व्यक्ति, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकबाट प्राप्त सहयोगलाई उचित ठाउँमा पुर्‍याउनु हाम्रो जिम्मेवारी हो। संकलित राहत सामग्री पारदर्शी र प्रभावकारी रूपमा बाढीपीडितसम्म पुगोस भन्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष चौधरीले भन्नु भयो ।

उहाँले विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सबै पक्षबाट निरन्तर सहयोग आवश्यक रहेको बताउनुका साथै राहत संकलन अभियानमा सहयोग गर्ने सबैप्रति फाउन्डेशनले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Previous articleबाँकेमा १६ जना आफन्तको ‘डीएनए’ नमूना सङ्कलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here