डुडुवा-६ स्थित पहाडीयनपुर्वाको एक घरमा आगलागी

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-६ मा रहेको पहाडीयनपुर्वाको एक घरमा आगलागी भएको छ । लक्ष्मी पुजाको दिन सोमबार राती स्थानीय मनिराम खटिकको घरमा आगलागी भएको हो ।

ईलाका प्रहरी कार्यालय हिरमिनियाका अनुसार सोमबार राति करिब १२ बजेको समयमा बिद्युत सर्ट भएर आगलागी भएको देखिएको छ । आगलागीबाट करिब पचास हजार बराबरको क्षति भएको छ ।

आगलागी हुँदा रिक्सा चलाएर जिविकोपार्जन गर्दै आएको मनिरामको परिवारमा चाडपर्वको समय पिडा थपेको छ । आगलागीका कारण घरमा रहेको अन्नपात, लत्ताकपडा, साईकल, पाईडल रिक्सा, हाँस र कुखुरा जलेका छन् ।

टिनको छानासहितको कच्ची घरमा भएको आगलागीका कारण पाँच क्विन्टल गहुँ, १ थान काठको खाट, ३ थान साईकल, १ थान पाईडल रिक्सा, दुई बोरी मलखाद, दुई वटा हाँस र ८ वटा कुखुरा जलेको पाईएको प्रहरी कार्यालय हिरमिनियाका निमित्त प्रमुख हवल्दार अमर बमले जानकारी दिनुभयो ।

हवल्दार बमका अनुसार मंगलबार बिहान मात्रै आफुहरुलाई खबर भएको र खबरलगत्तै प्रहरी टोली घट्नास्थल पुगेर निरिक्षण गरेको छ । घरमुलिले बताए अनुसार आगलागीबाट करिब ४६ हजार ४०० सय बराबरको क्षति भएको अनुमान गरिएको छ । सबै तस्बिर : केलाराम महाउत

Previous articleवृद्ध बाबुआमाको कथामा लघु चलचित्र ‘धुकधुकी’ सार्वजनिक
Next articleसमानुपातिकको बन्दसूचीबाट ५ सय ५० जनाको नाम आयोगले हटायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here