उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

नेपालगञ्ज । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ । चतुर्थीदेखि सुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गरिएको हो ।

नेपालगञ्जको बागेश्वरी लगायतका ठाउँमा बर्तालुहरुले निर्माण गरेको छठ घाटमा आइतवार रातभरि जागा भइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

बर्तालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अर्घ्य दिने गर्दछन् ।

अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

Previous articleगुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु
Next article‘स्वतन्त्र फिभर’काे प्रचार तिब्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here