क्यान्सर पिडित कसेरालाई बर्दियाली कलाकार समाजकाे सहयाेग

नेपालगन्ज । क्यान्सर पिपडित बर्दियाका खडक बहादुर कसेरालाई बर्दियाली कलाकार समाजले शुक्रबार आर्थिक सहयोग प्रदान गरेकाे छ ।

पिडामा छ्टपटाईरहेका क्यान्सर पिडित कसेरालाई शुक्रबार उहाँ बसेको स्वयम्भुको कोठामै पुगेर बर्दियाली समाजले नगद पाँच हजार आर्थिक सहयोग प्रदान गरेकाे हाे ।

‘प्रत्येक्ष भेट्दा उहाँको अवस्था देखेर निकै दुख लाग्यो, समाजका अध्यक्ष कमल बिसीले भन्नुभयाे, आशा छ, हामीले गरेको सानो सहयोगले उहाँलाई थोरै भएपनि राहत मिल्नेछ ।,

सहयोग प्रदान गर्न उपाध्यक्ष पुर्णकला बिसी, सचिव राजेन्द्र बजगाई, सदस्यहरु सिएल शर्मा र सुरेन चन्द ठकुरी पुग्नुभएकाे थियाे ।

एउटा मानबको नाताले दुख पर्दा एकले अर्कोलाई सहयोग गर्नु मानबिय धर्म पनि हो । आज उहाँलाई परेको यस्तो दु:ख भोलि तपाईं हामी जो सुकैलाई पनि पर्न सक्छ । त्यसैले उहाँलाई सबैले आ-आफ्नो तर्फबाट सक्ने सहयोग गर्न समाजले आग्रह समेत गरेकाे छ ।

सहयोगको लागि थप बिवरण यश प्रकार छ :- 1510100736186600000
नेपाल बैंक लिमिटेड
सम्पर्क : 9851240302

Previous articleमतदाताकाे साथ र हाैसलाले चुनावी अभियान सहज : डा. कर्ण
Next articleमिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here