कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका-६ बस्ने २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते हुनुभएको छ ।

Previous articleपब्जीमार्फत नेपालले जित्यो ५९ लाख पुरस्कार
Next articleदाङका रोशनी र शरदको हत्यामा संलग्न चार जना सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here