आठौं धारा नेपालगञ्ज म्याराथनको टि-सर्ट सार्वजनिक

नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथनको टि-सर्ट सार्वजनिक गरिएको छ । सोमबार एक समारोहकाबीच म्याराथनको टि-सर्ट सार्वजनिक गरिएको हो ।

सो सार्वजनिकी समारोहमा सम्बोधन गर्दै नेपालगञ्जका मेयर प्रशान्त बिष्टले नेपालगञ्ज म्याराथनलाई थप उचाइमा लैजान आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभुति भएको बताउँदै प्रमुख बिष्टले नेपालगञ्ज म्याराथन शहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार रहेको बताउनुभयो ।

केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउनुभयो ।

सहप्रायोजक शिखर प्लाईका प्रबन्ध निर्देशक चम्पालाल बोथराले धारा नेपालगन्ज म्याराथनको चर्चाले नेपालगन्जको प्रतिष्ठा बढेको अनुभुति हुने भएकाले आफुले सहयात्रालाई निरन्तरता दिइरहेको बताउनुभयो ।

पत्रकार भेटघाटमा उपमहानगरपालिका प्रमुख बिष्ट, धाराका सिइओ छाजेड, शिखर प्लाईका प्रबन्धनिर्देशक बोथरा र नेपालगन्ज म्याराथन संस्थापकरअध्यक्ष टीएस ठकुरीले टिसर्ट सार्वजनिक गर्नुभएको थियो ।

आठौं धारा नेपालगञ्ज म्याराथन मंसिर २४ गते शनिवार हुनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आम निर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

Previous articleनिर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता
Next articleजोगागाउँ र गुरुवागाउँ मेला शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here