जोगागाउँ र गुरुवागाउँ मेला शुरु

नेपालगञ्ज । जानकी गाउँपालिकाको दुई स्थानमा प्रत्येक वर्षको कार्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको मेला आजदेखि शुरू भएको छ ।

बाँकेको जानकी गाउँपालिका वडा नं २ को जोगागाउँ र वडा नं ५ को बेलहरीस्थित गुरुवागाउँमा बर्षौदेखि लाग्दै आएको मेला आजदेखि शुरू भएको हो ।

जोगागाउँस्थित सगरा कुट्टी क्षेत्र र बेलहरीस्थित शिव मन्दिर तथा नागा बाबाकुट्टीमा परमपरागत ऐतिहासिक मेला लागेको छ ।

मेलालाई सभ्य र भब्य बनाउन जोगागाउँमा वडा नं २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता र बेलहरीमा वडा नं ५ का वडाअध्यक्ष टिकानाथ यादवको नेतृत्वमा समिति समेत बनाइएको छ ।

दुबैस्थानमा तीन दिनसम्म अर्थात कार्तिक २४ गतेसम्म मेला संचालन हुनेछ ।

Previous articleआठौं धारा नेपालगञ्ज म्याराथनको टि-सर्ट सार्वजनिक
Next articleमतदाताबीच डा.कर्णको चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here