विजयी बन्ने दाउमा : स्वतन्त्र उम्मेदवार खनालको दाबी

नेपालगन्ज । मंसिर ४ गतेको मिति नजिकिदै गर्दा बाँकेको चुनावी माहोल चरममा पुगेको छ ।

पेचिलो समेत रहेको बाँके क्षेत्र नम्बर दुइमा दुई गठबन्धन र जसपाको उम्मेदवारलाई हराएर विजयी बन्ने दाउमा हुनुहुन्छ दिवाकर खनाल ।

नेपाल सिवसेनाको समर्थन रहेको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल शर्माले आफ्नो चुनावी अभियान तिब्र गतिमा अगाडी बढेको बताउनुभयो ।

‘म हरेक मतदाताको घर घरमा पुग्दै आएको छु ।, मतदाताले मलाई र मेरो एजेन्डालाई मन पराएका छन् र मलाई बाचा गरेका छन् ।,’ खनालले भन्नुभयो ।

हरेक घरमा पुग्ने र हरेक मतदातालाई भेट्ने अभियानसहित चुनावी अभियान थाल्नुभएका खनालले आफूले भेटेको मतदाताको बिश्वास जितेको दाबी गर्दै आउनुभएको छ ।

बाँके क्षेत्र नम्बर दुई प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेर चुनावी माहोलमा होमिनुभएका खनाललाई नेपाल सिवसेनाले समर्थन गरेको छ ।

Previous articleनमुनालाई भोट दिएर जिताउछौँ : राप्ती सोनारीका मुक्त कमलरी
Next articleसामाजिक सञ्जालमा तस्बिर साटासाट गर्नुहुन्छ, सावधान ! यस्तोसम्म हुन सक्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here