विमानस्थलबाट साढे ५ किलो सुन बरामद

फाईल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनाको अवधिमा करिब साढे ५ किलो सुन बरामद गरेको छ ।

पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताउनुभयो ।

‘विभिन्न विमानमार्फत नेपाल आएकाहरुले यस अवधिमा कुल ५ हजार ५७५ ग्राम अवैध सुन बाकेर आएका थिए,’ प्रमुख भन्सार प्रशासक पोखरेलले भन्नुभयो, ‘सो सुन आज राष्ट्र बैंकलाई बुझाइएको छ ।’

यस अवधिमा भन्सारले कडाइका साथ यात्रु जाँचपास गर्दा फरक फरक विमान र गन्तव्यबाट आएका ३२ जनाबाट उक्त सुन बरामद भएको उहाँले बताउनुभयो ।

सुन बरामद भएकाहरुलाई फरक फरक ३२ वटा मुद्दा दर्ता गरिएको र सोबाट जफत भएको सुन नेपाल राष्ट्र बैंकमा बुझाएर सुन बराबरको रकम ५ करोड ५० लाख रुपयाँ राजस्व खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ ।

Previous articleसामाजिक सञ्जालमा तस्बिर साटासाट गर्नुहुन्छ, सावधान ! यस्तोसम्म हुन सक्छ !
Next articleमेलामा पिङ खेल्ने क्रममा खसेर गौरी बुढाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here