मेलामा पिङ खेल्ने क्रममा खसेर गौरी बुढाको मृत्यु

नेपालगन्ज । बाँकेको गुरुवागाउँमा चलिरहेको तीन दिवसीय कार्तिक शुक्ल पूर्णिमा मेलामा पिङ खेल्ने क्रममा खसेर एक महिलाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका वडा नं ५ को गुरुवागाउँमा चलिरहेको मेलामा रहेको पिङ खेल्ने क्रममा जानकी ६ का ६४ बर्षीया गौरी बुढाको खसेर मृत्यु भएको हो ।

पिङ खेल्ने क्रममा खसेर गम्भीर घाइते बुढालाई उपचारका लागि नेपालगन्जस्थित वेस्टर्न हास्पिटल ल्याइएको थियो । उपचारको क्रममा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Previous articleविमानस्थलबाट साढे ५ किलो सुन बरामद
Next articleभूकम्पीय क्षति न्यूनिकरण सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here