
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा पुर्व सिकाई अभ्यासका लागि स्थानीय श्रोत तथा साधनको प्रयोग गरी शैक्षिक सामाग्री निर्माण र प्रयोग सम्बन्धि तीन दिने क्षमता बिकास तालिम शुक्रबारबाट शुरु भएको छ ।
खजुरा गाउँपालिकाको कार्यालयको समन्वयमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)को आयोजनामा शिक्षकहरुको क्षमता बिकासका लागि तीन दिने तालिम शुक्रबारदेखि संचालन गरिएको छ ।
सिकाई परियोजना अन्तर्गत संचालन गरिएको तालिममा परियोजना क्षेत्रका बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । तालिममार्फत स्थानीय स्तरमा रहेका श्रोत तथा साधानको प्रयोगबाट पनि शैक्षिक सामाग्रीको निर्माण गर्न सकिने र त्यसको प्रयोगबारे जानकारी गराईनेछ ।
परियोजना अन्तर्गत खजुराको शैक्षिक गुणस्तरको बृद्धि, आवश्यक ज्ञान सीप, दक्षता, आवश्यक तालिम, अभियान जस्ता गतिबिधिहरु संचालन गरिएको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो । तालिमलाई राधा मल्लले सहजीकरण गरिरहनुभएको छ ।





