खजुराका बारघरे ब्राउनसहित कोहलपुरबाट पक्राउ

कोहलपुर । बाँके प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक जनालाई कोहलपुरबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगरस्थित कार्यालयको गस्ती टोलीले शुक्रबार साँझ पौने आठ बजे सुर्खेत खजुरा गाउँपालिका वडा नं ३ बस्ने २६ वर्षीय चन्द्रदिप बारघरे ३ ग्राम ५५० मिलिग्राम लागुऔषध ब्राउनसहित पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा रहेका बारघरेको शरीर खानतलासी गर्दा लगाएको पाईन्टको खल्तीमा कालो प्लाष्टिकको १ वटा पोकामा लागुऔषध ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Previous articleशैक्षिक सामाग्री निमार्ण तथा प्रयोग सम्बन्धि खजुरामा तीन दिने तालिम संचालन
Next articleबिकास हेर्न बिदेश जानु पर्दैन, बाँकेकै दुई/चार योजना हेरे पुग्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here