आजदेखि तीन दिनका लागि सीमा नाका बन्द हुँदै

नेपालगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव सुरक्षाका कारण आज बिहीबार रातीदेखि सीमा नाका बन्द हुने भएको छ ।

चुनावलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आज बिहीबार राती १२ बजे रातीदेखि ४ गते राती १२ बजेसम्म सीमा नाका पूर्ण रुपमा बन्द हुन लागेको हो ।

यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत् भारतसँग समन्वय समेत गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

यस अवस्थामा पेटेरोलियम पदार्थ, औषधीजन्य ढुवानी र एम्बुलेन्सको आवत जावत निरन्तर हुने बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिनुभयो ।

चुनावका लागि देशभर कुल १० हजार ८ सय ९२ केन्द्र र २२ हजार २ सय २६ मतदान स्थल तोकिएको छ ।

आइतवार हुने मतदानमा देशभरबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चयन गर्नेछन् ।

Previous articleनेपालगञ्जमा बम बिस्फोट : बाँके प्रहरीद्धारा आधिकारिक विवरण सार्वजनिक
Next articleसारङ्गी बजाउँदै जोगीको भेषमा २२ वर्षपछि श्रीमान् भिख माग्न घरमै पुगे, विधवा श्रीमतीको होस उड्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here