नेपालगञ्जमा बम बिस्फोट : बाँके प्रहरीद्धारा आधिकारिक विवरण सार्वजनिक

नेपालगञ्ज । नेपालगञ्जको भृकुटी नगरस्थित एक घरमा भएको बम बिस्फाट घट्नाको बिस्तृत विवरण सार्वजनिक भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० को भृकुटी नगरको एक घरमा बम बनाउने क्रममा बुधबार राती करिब सवा आठ बजे बम बिस्फोट भएको घट्नाबारे बाँके प्रहरीले बिहीबार आधिकारीक बिववरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार भृकुटिनगर क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (बिप्लप समुह) का केहि कार्यकर्ताहरुले आसन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावलाई प्रभावित पार्न बिष्फोटक पदार्थहरु तयार गरिरहेका थिए ।

प्रहरीले पाएको सुचना अनुसार सादा पोसाकमा खटिएका प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा बुधबार राती सवा आठ बजे भृकुटिनगरस्थित श्रीकला मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएका सल्यानको बागचौर नगरपालिका वडा नं.२ घर भई ३५ वर्षीय डिल्ली बहादुर डिसी र कालिकोटको पालाता घर भई हाल कैलालीको घोढाघोढी नगरपालिका वडा नं.१ बस्ने धर्मराज सुनार समेतका ३र४ जना व्यक्ति कोठामा रहेको जानकारी प्राप्त भएको थियो ।सो सूचना अनुसार उक्त घरतर्फ आईरहेको प्रहरी टोलीलाई देखेपछि डिसी र सुनार समेतका व्यक्तिहरुले उक्त बिष्फोटक पदार्थहरु हतारमा लुकाउन खोज्दा एक वठा प्रेसर कुकर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त बिस्फोटमा डिसी र सुनारको हात खुट्टामा चोट लगेको तथा अन्य व्यक्तिहरु फरार भएका छन् । घाईतेहरुलाई भेरी अस्पताल हुँदै हाल नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा दुवैलाई आइ सियूमा राखेर उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

घट्नाको छानबीन गर्ने क्रममा बिस्फोट भएको कोठाबाट एक थान दुई लिटरको तयारी अवस्थामा (लाईभ) प्रेसर कुकर बम फेला परेको छ । साथै कोठाबाट नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समुह) का नवौं महाधिवेसनको पर्चा पम्पलेटहरु, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) सहयोग सम्बन्धमा लेखिएका पर्चा पम्पलेट, सहयोग रसिद, झण्डाहरु, दस्तावेदहरु, छाप फेला परेको बाँके प्रहरीले जनाएको छ ।

कोठाबाट भेटिएको उक्त प्रेसर कुकर बम बज्रदल गण राँझाबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । घाइते डिसी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष र सुनार नेपाल कम्युनिस्ट पार्टी (बिप्लप समुह) को सैन्य कमाण्डर रहेको प्रहरीलाई जानकारी प्राप्त भएको प्रवक्ता घर्तिमगरले बताउनुभयो ।

घाइते डिसी हाल महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजमा अध्ययनरत रहेका छन् । फरार अन्यको खोजी भइरहेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments