
नेपालगञ्ज । बाँकेको जानकी गाउपालिका वड़ा न-५ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बनियागाउँका बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको छ ।
सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिधालयमा आउन असहज हुन नदिनका लागि जानकी वडा नं-५ को आर्थिक सहयोगमा सो पोशाक बितरण गरिएको हो ।
बितरण समारोहमा वडा अध्यक्ष टिकानाथ यादवले बिधालयको भौतिक संरचना र गुणस्तरीय शिक्षाका लागि योजना बनाएर प्रत्येक बिधालयलाई नमूनाको रूपमा बिकास गर्ने आफ्नो उद्देश्य रहेको बताउनुभयो ।
यही बर्षदेखि बिद्यार्थीहरुलाई पोशाकका साथै उत्कृष्ट पाठ्यक्रमका पाठ्यपुस्तकसहित खेलकूद सामग्री पनि उपलब्ध गराउने अध्यक्ष यादवले प्रतिबद्धता जनाउनुभयो ।
बुधबार एक कार्यक्रमकाबीच बिद्यालयमा अध्ययनरत दुई सय पाँच जना बिद्यार्थीलाई पोशाक प्रदान गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजय बर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक रेखा धिताल, शिक्षक, अभिवावक सहयोगी लगायतको उपस्थिति रहेको थियो ।






