प्रदेश सभा सदस्य बाँके-२ (क) मा स्वतन्त्र उम्मेदवार राैनियार कडा प्रतिद्वन्द्वी : मतदाता

शिवराज साहु, नेपालगञ्ज ।
बाँके कै क्षेत्र नं.२ (क) बाट प्रदेशसभा सदस्य स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार चुनाव चिन्ह जेब्रासहित मैदानमा उत्रिनुभएकाे छ ।

रौनियारले भन्नुभयाे, ´चुनाव चिन्ह जेब्रा नेपालमा नपाइने तर अस्ट्रेलिया महादेशमा पाईने जेब्रा यसले ब्यक्तिलाई लोभ्याउने भएकोले मैले यो चुनाब चिन्ह रोजेको हो ।’

बाँके २ (१) का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार रौनियार कडा प्रतिद्वान्द्वीको रुपमा देखिएकाे मतदता भन्छन् ।

उहाँ दशकौदेखि नेपाल शिव सेनाको नेतृत्व पनि गरिसक्नुभएकाे छ र अहिले उहाँ समाजको आवश्यकता र बाध्यतालाई मध्येनजर गर्दै स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ´हामीहरुले स्वार्थी र वेधर्मी नेताहरूलाई पटक-पटक नेतृत्वमा पठाउँदा भाषा, धर्म र संस्कृति मात्र नभई सामाजिक सद्भाव, परम्परा तथा धार्मिक मूल्य मान्यता र सांस्कृतिक एकतामा दिनानुदिन विचलन उत्पन्न भइरहेको भन्दै सचेत हुन आह्वान गर्दछु ।´

नेपाल संसारकै एकमात्र हिन्दू राष्ट्रका रूपमा परिचित देश भएकाे भन्दै उहाँले बेधर्मीको इसारा र आर्थिक प्रलोभनमा नपरी स्वतन्त्र हिन्दुवादी उम्मेदवारलाई जिताउन आग्रह समेत गर्नुभयाे ।

यो निर्वाचनमा हिन्दूहरुको पक्षमा रहेका उम्मेदवारलाई मत दिई भाषा, धर्म र संस्कृतिको रक्षा गर्न सबैलाई अपिल गर्दै शिव सेनाका स्वतन्त्र उम्मेदवार रौनियारले बिहीबार पत्रकार सम्मेलनमार्फत १५ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियाे ।

प्रतिबद्धता पत्रमा गुरुकुल शिक्षा पद्दतीमा पठन-पाठन, हिन्दू राष्ट्र, गौ-संरक्षण, कृषि क्षेत्रमा लगानी लगायतका बुँदाहरु प्रतिबद्धतामा समेटिएकाे छ ।स्वतन्त्र उम्मेदवार रौनियारको यस्ता छन् आजको आवश्यकता सहतिको प्रतिबद्धता-पत्र ।
१. हिन्दु राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुबै ठाउँबाट आन्दोलन खडा गर्ने ।

२. ठाँउ-ठाँउमा गुरुकुल शिक्षा पद्दती अनुसार पाठशाला सन्चालनमा जोड दिने

३. भ्रष्टाचार बिरोधीको अभियान सन्चालन गर्ने ।

४. कृषकहरुलाई समयमा मलखाद्य, बिउ र सिँचाइको लागि पहल गर्ने ।

५. गौ संरक्षणको लागि स्थानीयहरुसँग सहकार्य गरी कम्दीस्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि.मि. जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने ।

६. होलिया चौफेरी, रामनगर लगायत डुडुवाको बिकट गाँउहरुमा बाटोघाटो निमाणर्मा प्राथमिकता दिइने ।

७. मोटरसाइकल र चारपांग्रे सवारी साधनको कर एक पटक मात्र लिने व्यवस्थाको लागि आवाज उठाउने ।

८. स्थानीय मठ मन्दिर, गुम्बाको संरक्षण, प्रर्वद्धन तथा व्यवस्थापनमा जोड दिने ।

९. राज्यबाट हामीले प्राप्त गर्ने तलबभत्ताबाट गरिब हिन्दु परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने ।

१०. युवाहरुकाे स्वास्थ्य र मानसिक विकासका लागि जिम र खेलकुदलाई जोड दिने ।

११. हिन्दूधर्मको नाममा हुदैँ आएका संस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माणका लागि अभियान सन्चालन गर्ने ।

१२. नेपालगन्जमा हुने डुबानको समस्यालाई समाधानका लागि दिर्घकालीन समस्याको समाधानका लागि ठोस कार्ययोजनाका लागि पहल गर्ने ।

१३. प्रदेशमा रहेका केही मन्त्रालयहरु नेपालगञ्जमा पनि राख्न पहल गर्ने ।

१४. पर्यटनलाई अभिवृद्धि गर्न राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतीका लागि पहल गर्ने ।

१५. नेपालगन्जको बहुप्रतिक्षित रोडको निर्माणका लागि पहल गर्ने ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments