बाजुरामा सुरक्षा चुनौती, ७० मध्ये ४ वटा मतदानस्थल मात्र सामान्य

बाजुरा । मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् ।

गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा चुनाव भएको थियो ।

स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको छ ।

बाजुरा जिल्लाका ७० मध्ये ४ वटा मतदानस्थल मात्रै सामान्य अवस्थाका छन् ।

४३ वटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिनुभयो । यस्तै २३ वटा मतदानस्थल संवेदनशील रहेका विष्टले बताउनुभयो ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदानस्थलमा ११२ मतदान केन्द्र छन् ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई बुझ्न सुदूर पश्चिम प्रदेश सरकारका सचिव नारायणप्रसाद दुवाडी शर्मा, प्रहरी नायव महानिरीक्षक मोहन आचार्य र सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विश्वकुमार भट्टराई बाजुरा पुग्नुभएको थियो ।

चुनावलाई स्वतन्त्र निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न अनुमगन तथा निरीक्षण भएको नेपाली सेनाको श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्काले बताउनुभयो ।

अनुगमनमा पुगेको टोलिले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सबै उपाय लगाउन निर्देशन दिएको छ ।

Previous articleतीन दिनभित्र नतिजा सार्वजनिक गर्ने, बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न सुझाव
Next articleसहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here