मन्त्री अथक र पूर्वमन्त्री राईले गरे मतदान, नपछुताउनेगरी मतदान गर्न अपिल

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एवं पूर्व मन्त्री इस्तियाक राईले मतदान गर्नुभएको छ ।

गहतराजले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान तथा पूर्व मन्त्री राईले नेपालगञ्ज–१५ स्थित मतदान केन्द्रमा बिहानै मतदान गर्नुभएको हो ।

मतदानपछि प्रतिक्रिया दिदैं मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वका लागि मतदान गरेको बताउनुभयो । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री अथकले गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरेको बताउनुभयो ।

बाम–लोकतान्त्रीक गठबन्धनबाट बाँके क्षेत्र नं.१ प्रतिनिधि सभाका साझा उम्मेदवार मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीका नेता मोहम्मद राईले निर्वाचन लोकतन्त्रको एउटा महाकुम्भ भएको भन्दै त्यसमा सहभागी हुन सम्पर्ण मतदातालाई अपिल गर्नुभएको छ ।

भौतिक योजना तथा यातायात पूर्व मन्त्री समेत रहनुभएका राईले गरिसकेर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उहाँले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आम निर्वाचन भएको भन्दै विवेकपूर्ण मतदान गर्न सबैलाई आह्वान गर्नुभयो ।

‘निस्पक्ष र भयरहित मतदान नै लोकतन्त्रको सुन्दर पक्ष हो । यो देशको लोकतन्त्रका लागि चुनाव एउटा महाकुम्भजस्तै हो । यो मतदानमा सहभागी भएर आफ्नो कर्तव्य निर्वाह गर्न म सबै मतदाताहरूलाई अपिल गर्दछु’ उहाँले भन्नभयो ।

राईले आगामी ५ वर्षका लागि आफ्नो क्षेत्रको विकास, समृद्धि र समग्र देश अनि आफ्ना प्रदेशहरूको भविष्यका लागि मतदान गर्दा आफूले रोजेको र योग्य व्यक्तिलाई मत दिन पनि आग्रह गर्नुभएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments