तुलसीपुरमा शंकास्पद वस्तु फेला

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक-७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ । साथै तारहरु पनि देखिएको छ ।

उक्त वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका १८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो ।

उक्त बम नेपाली सेनाको टोलीले विहान साढे ९ बज डिस्पोज गरेको थियो । शनिबार पनि दाङमा दुई ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

Previous articleमन्त्री अथक र पूर्वमन्त्री राईले गरे मतदान, नपछुताउनेगरी मतदान गर्न अपिल
Next articleबाँकेमा पनि उत्साहजनक रूपमा मतदान शुरु (फोटोफिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here