
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरको शम्भुशरण माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः शुरु भएको छ । केन्द्रबाहिर विस्फोट भएपछि एक घण्टा मतदान कार्य स्थगित गरिएको थियो ।
मतदान केन्द्रबाहिर सुतली बम विस्फोट भएपछि रोकिएको मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।
गुलरिया नगरपालिकाको खैरापुर, राजापुरको धोविनपुर, ठाकुरबाबाको अम्रेनी र बढैयाताल गाउँपालिकाको मैनापोखरमा प्रेसर कुकरभित्र शंकास्पद वस्तु भेटिएको र सबै डिस्पोज भइसकेको उहाँले बताउनुभयो ।
बर्दियाका अन्य मतदान स्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो ।





