वार्षिकोत्सवमा गरिमा विकास बैंकद्वारा रक्तदान

नेपालगञ्ज । गरिमा विकास बैंकले आफ्नो १६ औं वार्षिक उत्सवकाे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोहलपुरस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो ।

बैंक १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा गरिएको रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता रहेको थियो ।

बुधबार बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको कोहलपुर शाखाका शाखा प्रबन्धक शक्तिसिहं कर्माचार्यले जानकारी दिनुभयो ।

बैंकका सेवाग्राही एवंं रक्तदान कार्यक्रममा सहभागी कुशर शाहले बैकं बैकिंङ सेवामा पनि उत्कृष्ट र परोपकारमा पनि उत्कृष्ट भएकाले बैकं प्रति थप विश्वास जागृत भएको बताउनुभयो ।

बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ । राष्ट्रिय स्तरको उक्त विकास बैकंले हाल १ सय २० शाखा, ५१ एटिएम र २ वटा एक्स्टेन्सन काउन्टर बाट सेवा दिँदै आएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments