जर्मनीमाथि जापानको रोमाञ्चक जित

नेपालगञ्ज । फिफा विश्वकप २०२२ मा जापानले जर्मनीमाथि रोमाञ्चक जित हात पारेको छ ।

बुधबार साँझ भएको खेलमा जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ गोलको जित निकालेको हो ।

समूह ‘ई’ को खेलमा जर्मनीले खेलको ३३ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । गुन्डोआनले जर्मनीका लागि गोल गरेका थिए ।

जापानले ७५ मिनेटमा बराबरी गोल फर्कायो । जापानका लागि रिस्तु डोआनले बराबरी गोल गरेका थिए ।

८३ मिनेटमा ताकुमा असानोले अर्को गोल गरेपछि पूर्व विश्वविजेता जर्मनी दबाबमा परेको थियो ।

अन्त्यसम्म पनि जापानले आफ्नो अग्रता कायम राखेपछि जर्मनी विश्वकप २०२२ को पहिलो खेलमै पराजित हुन बाध्य भयो ।

खेलमा जर्मनीले २५ पटक गोलका लागि प्रयास गर्दा ८ प्रहार अन टार्गेन हानेको थियो ।

जापानले भने ११ प्रहार मध्ये तीन प्रहार अन टार्गेन हानेको थियो । जसमा दुई प्रहार गोलमा परिणत भएका थिए ।

Previous articleवार्षिकोत्सवमा गरिमा विकास बैंकद्वारा रक्तदान
Next articleकांग्रेस प्रदेश सभापतिलाई पराजित गर्दै माओवादीका बागी पुन विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here