कांग्रेस प्रदेश सभापतिलाई पराजित गर्दै माओवादीका बागी पुन विजयी

रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहनुभएका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठ्नुभएका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याउनुभयो । कांग्रेसका अमर सिंहले १० हजार ४०६ मत प्राप्त गर्नुभयो ।

माओवादी सशस्त्र द्वन्द्वमा सुरुदेखि नै आवद्ध हनु भएका दीपेन्द्र घाइते समेत हुनुहुन्छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेशसभा १ नेपाली कांग्रेसलाई दिएपछि उहाँले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थियो ।

Previous articleजर्मनीमाथि जापानको रोमाञ्चक जित
Next articleमतपेटिकामा पत्र पनि भेटियो, ‘जय नागरिक, जय देश, नेताको बदलौं आफ्नो भेष’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here