नेपालगन्जमा उत्कृष्ट सेवा दिने क्लिनिक जहाँ मेराे वंशकाे जन्म भयाे !

जन्माेत्सवकाे शुभ अवसरमा दीघार्यू प्रगति, सु-स्वास्थ्य एवं भविष्य चिरन्जीवीसहित अजय भव: काे, म आफ्नाे इष्ट देवसँग हार्दिक मंगलमय कामना गर्दछु । जय हाे ।

नेपालगंजकाे चर्चित क्लिनिक चाैधरी सरकार बक्स पाेलिक्लिनिक प्रा.लि.जसमा मेराे सन्तान र मेराे श्रीमती जीकाे गर्भावस्थामा हेरचाह भएकाे थियाे ।

यस क्लिनिकका अध्यक्ष एवं प्राेपराइटर श्री अरबिन्द कुमार चाैधरी ज्यू, क्लिनिक कर्मचारी भिडियाे एक्सरे असिस्टेन्ट श्रीमती मनिषा चाैलागाई ज्यू, क्लिनिक इन्चार्ज एकुपन्चरिष्ट श्रीमती प्रेक्षा सिंह चाैधरी ज्यू, सम्माननिय नाक, कान, घाँटी, टाउकाे एवं नशा राेग विशेषज्ञ श्री डा. दिनेश कुमार चाैधरी ज्यू, तथा विशेष रुपमा सम्माननिय स्त्री तथा प्रसुति राेग विशेषज्ञ श्रीमती डा. उर्मिला पराजुली “रिसाल” ज्युमा हार्दिक आभारसहित धन्यबाद दिन चाहन्छु ।

विशेष‌ गरी स्त्री तथा प्रसुति राेग विशेषज्ञ श्री डा. उर्मिला पराजुली “रिसाल” ज्यूले मेराे श्रीमती जीकाे हाैसला प्रदान गर्दै भन्नु भएकाे थियाे, ‘म तपाईकाे श्रीमतीको डेलिभरीसम्म तपाईका चेक जाँचमा मद्दत गर्छु, चिन्ता नमान्नु हाेला, कुनै समस्या आयाे भने मलाई खबर गर्नुहाेला’ भनेर भेरी अस्पतालमा डेलिभरीकाे अन्तिम दिनसम्म सहयाेग एवं हाैसला बढाउनु भएकाे थियाे ।

उहाँ जस्ताे डा. पाउन अहिलेकाे समयमा धेरै गाह्राे छ । डा. भगवानका रुप हुन्छन् सुनेकाे थिए र मैले सम्माननिय डाक्टर ज्यूलाई चाैधरी सरकार बक्स पाेलिक्लिनिकमा पाए । हेर्दा उहाँ धेरै सरल स्वभाव र शान्त स्वभावकाे हुनुहुन्छ । उहाँ एक सच्चा तथा इमान्दार डाक्टर भएकाे पाए । उहाँ मेराे र मेराे श्रीमती जीकाे लागि भगवान सरह नै हुनुहुन्छ ।

साथै चाैधरी सरकार बक्स पाेलिक्लिनिककाे व्यवस्थापन हेरेर दंग परे । विरामीहरुलाई घर जस्ताे वातावरण समेत रहेकाे पाए । सरल, शान्त र सरसफाइले भरिपुर्ण रहेकाे तथा क्लिनिक अध्यक्ष चाैधरी ज्यूपनि आफै मेराे लागि भगवानकाे रुप जस्तै हुनुहुन्छ, मेराे अभिभावक जस्तै हुनुहुन्छ ।

उहाँले आफ्नाे जीवनकाे शुरुवात नेपाल टेलिकम दुरसञ्चारकाे सामुन्ने भेरी अस्पतालकाे नजिक चाैधरी प्याथाेलाेजीबाट गर्नुभएकाे थियाे । उहाँकाे ल्याब अहिले टेलिकम दूरसञ्चार भेरी अस्पताल नजिक रहेकाे छ भने पाेलिक्लिनिक जिल्ला हुलाक कार्यालय पछाडी शितलनगर त्रिशक्ति मन्दिरकाे सामुन्ने चाैधरी भवनमा रहेकाे छ ।

चाैधरी पाेलिक्लिनिक प्रा.लि.मा शान्त वातावरणमा उपचार हुने गर्दछ । उक्त पाेलिक्लिनकमा ४ जना डाक्टरहरु बस्दछन् । जसमा १. पेट, छाती तथा कलेजाे राेग विशेषज्ञ सम्माननिय डा. संकेत रिसाल ज्यु, २. छाला तथा याैन राेग विशेषज्ञ सम्माननिय डा. आर. के. झा ज्यू, ३. स्त्री एवं प्रसुति राेग विशेषज्ञ सम्माननिय डा. उर्मिला पराजुली” रिसाल” ज्यू, र ४. नाक, कान, घाँटी, टाउकाे एवं नशा राेग विशेषज्ञ सम्माननिय डा. दिनेश कुमार चाैधरी ज्यू, सहितकाे टिमले सेवा प्रदान गर्ने गर्दछ ।

साथै यस पाेलिक्लिनिकमा सम्माननिय एक्युपञ्चरिष्ट श्री प्रेक्षा सिंह चाैधरी ज्यूद्वारा एक्युपञ्चरकाे सेवा पनि दिँदै आउनुभएको छ र यस क्लिनिकमा आवश्यक परेकाे खण्डमा विरामीकाे सहजताकाे लागि आजभाेलि ‘अन कल’ डाक्टरकाे सुविधा पनि प्रदान गर्ने गरिएकाे अध्यक्ष अरबिन्द कुमार चाैधरीले जानकारी दिनुभयो ।

अन्त्यमा धन्यबाद, मेराे परिवारलाई यति उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्नुहुने अध्यक्ष श्री अरविन्द कुमार चाैधरी तथा उहाँको समस्त टिम मेम्बरलाई ।

Previous articleबिदा भए म्यादी प्रहरी
Next articleकिसानले धानको उचित मूल्य पाउन सकेनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here