बिदा भए म्यादी प्रहरी

नेपालगञ्ज । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आज बिहीबारदेखि बिदा भएका छन् ।

देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आज बिहीबारदेखि बिदा भएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

‘जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो,’ उहाँले भन्नुभयो । छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकोमा धन्यवादसहित म्यादीलाई बिदाइ गरिएको उहाँले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट प्रमाणपत्रसहित म्यादी प्रहरी घर फर्किएका छन् । निर्वाचन सुरक्षाका लागि सरकारले गत असोजमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको थियो ।

सेवाको अवधिमा म्यादी प्रहरीले पाउने सेवासुविधा तथा पारिश्रमिक उनीहरूको बैंक खातामा जम्मा गरिदिने प्रहरीले जनाएको छ ।

बाँकेमा खटिएका म्यादी प्रहरीलाई बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, बाँकेका प्रहरी प्रवक्ता रामप्रसाद घर्तिमगर लगायतले प्रमाणपत्र, धन्यवादसहित एक समारोहकाबीच बिदाई गर्नुभएको छ ।

बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन भएका थिए ।

Previous articleउपमहानगरको देखाउने कार्य मात्र भयो छाडा चौपाया नियन्त्रण !
Next articleनेपालगन्जमा उत्कृष्ट सेवा दिने क्लिनिक जहाँ मेराे वंशकाे जन्म भयाे !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here