करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

दाङ । दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगीको घर कैलालीको भजनी हो । उनी विगत १० वर्षदेखि दाङमा परिवारसहित बस्दै आएका थिए ।

स्थानीय तेन्डु चौधरीको उनीहरूले तार लगेर मल्वारे कुलोमा माछा मार्दै थिए । त्यही क्रममा करेन्ट लागेर सुरेशको मृत्यु भएको डिएसपी मल्लले बताउनुभयो ।

शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको डिएसपी मल्लले जाकारी दिनुभयो ।

Previous articleकिसानले धानको उचित मूल्य पाउन सकेनन्
Next articleकोहलपुरमा नेटवर्क तारहरुको व्यवस्थापन गर्न सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here