कोहलपुरमा नेटवर्क तारहरुको व्यवस्थापन गर्न सुरु

काेहलपुर । केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेटवर्क विस्तारका लागि तानिएका तारहरु अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको छ ।

केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेपाल विद्युत प्राविधिकरणलाई निश्चित शुल्क तिरेर विद्युतकै पोलमार्फत् लाइन विस्तार गरेका छन् ।

विद्युत प्राधिरकणकै मापदण्ड विपरीत अस्तव्यस्त तानिएका यस्ता तारहरुले बजारको सौन्दर्य क्रुप बनेको र दुर्घटनाको जोखिम समेत बढेको पाइएपछि सेवा प्रदायक संघसंस्थाकै सहमतिमा आजदेखि त्यसलाई व्यवस्थित गराउने काम सुरु भएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिनुभयो ।

‘विद्युतका पोलबाट तानिएका यस्ता तारहरु कतै लत्रिएको, कतै पोलमा अस्वभनीय गुजुल्टा परेको देखियो यसले बजारको सान्दर्यलाई पनि क्रुप बनाएको महसुस भयो नगर प्रहरी प्रमुख थापाले भन्नुभयो-‘तलसम्म झुण्डिएका तारका कारण दुर्घटनाको जोखिम समेत देखेपछि त्यस्लाई व्यवस्थित बनाउन सुरु गरिएको हो ।’

त्यसलाई व्यवस्थित गर्नका लागि सम्बन्धित केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाका प्राविधिकसहित नगर प्रहरीको टोली परिचालन गरिएको छ ।

कोहलपुर नगरपालिकाको चौराहबाट यो अभियान सुरु गरिएको जानकारी दिँदै थापाले व्यवस्थित नगरका लागि आफुहरुले प्रयास जारी राखेको बताउनुभयो ।

यो अभियानका क्रममा पोलमा झुण्डिएका प्रयोगविहीन पुराना तारहरु सबै हटाइने छ । यस्तै विद्युत प्राधिकरणको मापदण्डअनृुसार विद्युत प्राधिकरणको तल्लो तार भन्दा दुई फिट मुनी र डेढ फिटको बीचमा मात्रै उनीहरुले तारहरु विस्तार गर्न पाउने छन् ।

त्यसो गर्दा तारहरु लत्रिने, गाडीहरु क्रस गर्दा चुडिने जोखिम टर्ने छ । हालको अवस्थामा सेवाप्रदायक संघसंस्थाहरुले तारको ठूलठूला गुच्छा पोलमा गुजुल्टो पारेर छाड्ने गरेका छन् ।

अब उनीहरुले त्यस्लाई सानो बनाएर व्यवस्थित तरिकालेमात्रै राख्नु पर्नेछ । यस्तै कुन नेटवर्कको तार हो ? त्यसको पहिचानका लागि डिवी वक्स भएको पोलमा संस्थाको पहिचान समेत उल्लेख गर्नु पर्नेछ ।

यस्तै सेवा प्रदायक संघसंस्थाहरुले विस्तार गरेको तार नलत्रियोस् भन्नका लागि बीचबीचमा ब्यान्डिङ समेत गर्नु पर्नेछ ।

Previous articleकरेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
Next articleनेत्रबिक्रम चन्दद्वारा घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here