डुडुवा संघर्ष समितिद्धारा सिधनियाँ घाट तथा राप्ती पुलको सरसफाई (फोटो फिचर)

बाँके । डुडुवा संघर्ष समितिले सिधनियाँ घाट तथा राप्ती पुलको सरसफाई गरेको छ । सामाजिक कार्यमा सक्रियता बढाउँदै समितिले सोमबार बिहान राप्ती नदीस्थित घाट वरीपरि तथा पुलको सरसफाई गरेको हो ।

नेकपा डुडुवा, जनता समाजबादी पार्टी डुडुवा र संघर्ष समितिको संयुक्त अग्रसरतामा सरसफाई कार्यक्रम गरिएको डुडुवा–६ का वडा अध्यक्ष एंव समितिका संयोजक मोहनराम मिश्राले जानकारी दिनुभयो ।

समितिले नदी छेउँमा निर्माण गरिएको स्नान स्थल, चेन्जिङ्ग कोठा तथा मन्दिर वरीपरि रहेको फोहर र राप्ती पुलमा जम्मा भएको धुलो तथा फोहरकोे सफाई गरेको छ । राजनीति स्वार्थ नभई समाज हितमा पनि सक्रियता रहने गरी सरसफाई कार्यक्रम गरिएको समितिका प्रेस संयोजक सूर्यलाल यादवले बताउनुभयो ।

घाटमा रहेको स्थान घर, धारा, मन्दिरको संरक्षण तथा रेखदेख नभएका कारण जिर्ण बनेको छ । वडा नं–४ मा पर्ने घाटमा गाउँपालिकाले एक वर्ष अघि २०७६ जेष्ठ २१ गते स्नान घर लगायतको संरचना निर्माण गरिएको उल्लेख छ ।

सरसफाई कार्यक्रममा डुडुवा–३ भण्डारीलाल यादव, नेकपाका नेता सकील खाँ, जसपाका नेता, इलाका प्रहरी कार्यालय व्यक्ति, स्थानीय युवाको सहभागिता रहेको थियो ।

तस्बिर : राजेन्द्र बिश्वकर्मा

Previous articleबाँकेमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो
Next articleकोरोनाबाट मृत्यु भएका घलेको अन्त्येष्टी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here