कोरोनाबाट मृत्यु भएका घलेको अन्त्येष्टी

तस्बिर : बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग

बाँके । कोरोना संक्रमण देखिएपछि मृत्यु भएका नेपालगञ्ज उपमहानरपालिकाका कर्मचारी युवराज बिक्रम घलेको सोमबार अन्त्येष्टी गरिएको छ । ५९ वर्षीय घलेको सोमबार बिहान बाँकेको राप्ती नदी सिधनियाँ घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको हो ।

नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्ज वडा नं–९ का घलेको आइतबार साझ ८स् ३० बजे मृत्यु भएको थियो ।

भदौ १८ गते पौने ३ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका घलेमा मुटुको रक्त नलिमा समस्या रहेको थियो । उहाँको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकको भदौ १५ गते कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । घले नेपालगञ्ज उपमहानगरपालिकाको जिन्सी शाखा सहायक हुनुहुन्थ्यो । उहाँको मृत्यु शोकमा उपमहानगरपालिका कार्यालय एक दिनका लागि बन्द गरिएको छ भने मंगलबारदेखि तीन दिनसम्मका लागि कार्यालय शिल गरिएको छ ।

Previous articleडुडुवा संघर्ष समितिद्धारा सिधनियाँ घाट तथा राप्ती पुलको सरसफाई (फोटो फिचर)
Next articleबनेको चार दिनमै भत्कियो नाली, गुणस्तर नभएको स्थानीयको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here