बाँकेमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो

सांकेतिक तस्बिर

बाँके । जिल्लामा थप एक कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोना संक्रमण भएका मृत्यु हुनेको संख्या सात पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज वडा नं–९ का ५९ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनकोे आइतबार साझ ८: ३० बजे मृत्यु भएको जनाइएको छ ।

भदौ १८ गते पौने ३ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका संक्रमित पुरुषमा मुटुको रक्त नलि बन्द हुने समस्या रहेको थियो ।

उनको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको भदौ १५ गते कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो ।

कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार उनी न्यु इन्द्रेणी होटेलमा नीजि आइसोलेसनमा बसेका थिए ।

Previous articleजेसीज सप्ताह शुरू : आईतबार बृक्षाराेपण, साेमबार रक्तदान
Next articleडुडुवा संघर्ष समितिद्धारा सिधनियाँ घाट तथा राप्ती पुलको सरसफाई (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here