बँदेलको आक्रमणबाट अछाममा एक जनाको ज्यान गयो

चन्द्र थापा
अछाम । अछाममा बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।

उहाँलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले बताउनुभयो । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत हुनुहुन्थ्यो । पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ ।

लेकाली भेगमा मात्र नभएर गाउँ नजिकसम्म पनि जंगली जनावरहरुको बिगबिगी छ । किसानहरुले लगाएका विभिन्न बालीहरु जंगली जनावर बँदेल, भालु, बाँदर लगायतले नष्ट गर्न थालेपछि यहाँका नागरिकहरु चिन्तित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय अछामले जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले उनीहरुको आक्रमणबाट बच्न समूहमा हिँड्न अनुरोध गरेको छ ।

Previous articleसार्वजनिक यातायातको दुःख, जनतालाई सास्ती, जिम्मेवार उदासीन
Next articleराष्ट्रिय क्रिकेटको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here