
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ ।
नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अरबिन्द शर्माले जानकारी दिनुभयो ।
त्यसक्रममा वडा नम्बर १६ का जयसपुर आयुर्वेद औषधालयका कर्मचारी बिन्देश्वर शाह एक हप्ता देखि गयल रहेकाे भेटिएको छ । शाह बिना जानकारी गयल रहेकाे अनुगमन टोलीले फेला पारेको छ ।
उपप्रमुख राईले स्वास्थ्य सेवालाई प्रभावकारी र बिरामीमैत्री बनाउन निर्देशन दिनुभएको थियो । उहाँले कार्यालय समयमा नभेटिने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिनु भएको छ ।





