गुलरिया नगरपालिकाले पनि अतिक्रमित संरचना हटाउने अभियान शुरु गर्ने

गुलरिया । बर्दियाको गुलरिया नगरपालिकाल सडक अतिक्रमण हटाउने भएको छ । पछिल्लो समय देशमा स्थानीय तहको निर्वाचनपछि देशका बिभिन्न ठाउँमा सरकारी जग्गा अतिक्रम तथा सडकपेटी अतिक्रमण हटाउने कार्यले तिब्रता पाएको छ ।

यो कार्यमा अब गुलरिया नगरपालिका पनि लाग्ने तयारी गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै अतिक्रमण गरि निर्माण भएका संरचना हटाउन अनुरोध छ ।

एक सूचना जारी गर्दै आइतबार नगरपालिकाले सडक सिमाभित्र निर्माण भएका घर टहरा हटाउन अनुरोध गरेको छ । गुलरिया वडा नं-६ गणेशमान चोकदेखि कृषि विकास बैंक जाने सडकसम्म सडक सिमाभित्र निर्माण भएका घर टहरा हटाउन भनिएको छ ।

नगरपालिकाको मापदण्ड सडकको केन्द्र बिन्दुबाट दायाँ बायाँ ९/९ मिटर भएपनि हाल नाली निर्माण गर्दा दायाँ बायाँ ७/७ मिटर र बत्तिका पोलहरु ७ मिटरभन्दा बाहिर सडक सिमाभित्र निर्माण गरिएका घर टहरा हटाई खाली गर्न उल्लेख छ ।

सरकार संचालन ऐन २०७४ को दफा ४५ को उपदफा २ र ३ बमोजिम घर टहरा हटाउन सुचना प्रकाशन गरिएको र तोकिएको समयभित्र नहटाएमा नगरपालिकाले ऐन दफा ४५ को उपदफा ४ बमोजिम मापदण्डभित्र निर्माण भएका संरचना आफै भत्काउने र भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनी दिइएको छ ।

पछिल्लो समय देशका बिभिन्न जिल्लाका ठुला शहरहरुमा यो कार्यले निरन्तरता पाएको छ । बर्दियासंगै सीमा जोडिएको बाँकेमा पनि सडक अतिक्रमित संरचना हटाउने कार्य जारी छ ।

गुलरिया नगरपालिकाद्धारा जारी सूचना

Previous articleतीन जना बिद्यार्थीलाई पढाउने सांसद खत्रीको घोषणा
Next articleनेपालगन्जका १३ जना स्वास्थ्य स्वयंसेविका सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here