साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाउने पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।

नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleकोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता
Next articleएमाले नेता विष्णु पौडेलविरुद्ध सर्वोच्चमा मुद्दा दायर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here