कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिँदैछ । त्यसका लागि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने उद्देश्यले आज एउटा महत्त्वपूर्ण सम्झौता पनि नगरपालिकाले गरेको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि समितीसँग सम्झौता गरिएको नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

उक्त सम्झौतासँगै कोहलपुर नेपालगन्ज सडकखण्डको साझा चोकदेखि हाईस्कुल सम्मको सडक डिभाइडरमा रेलिङ्ग सहित बृक्षारोपण गरि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गरिने छ ।

त्यसका लागि राष्ट्रिय गौरवको आयोजना राष्ट्रपति चुरे-तराइ मधेस संरक्षण विकास समितीले कोहलपुर नगरपालिकालाई तीस लाख रुपैया सहयोग गर्ने भएको छ ।

बाँकी अपुग रकम कोहलपुर नगरपालिका आफैले ब्यहोर्ने सहमति पनि भएको नगर प्रमुख आचार्यले जानकारी दिनुभयो । सम्भाब्यता आँकलन, निरीक्षण र स्थान छनौट प्रकृया पुरागरी कार्यक्रम गर्ने सहमती बनेको हो ।

कार्यक्रम चालू आर्थिक वर्षबाटै कार्यान्वयनमा आउने छ । राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितीका कार्यकारी सदस्य भेषराज आचार्यले जनताको रहर हरित सहर बनाउने अभियान अन्तर्गत नगरपालिकासँग सहकार्य गरिएको बताउनुभयो ।

‘कोहलपुर नगरपालिका र समितीको ध्यान अब हरियाली शहर निर्माणका लागि केन्द्रित हुनेछ सम्झौतापछि उत्साहित हुँदै समिती सदस्य भेषराजले भन्नुभयो, ‘ञमेयर सापको हरित नगर बनाउने अभियानमा जोडिन पाउँदा हामी खुसी छौँ ।’

सम्झौता हस्तान्तरण कार्यक्रममा राष्ट्रपति चुरे-तराइ मधेस संरक्षण विकास समिती, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका प्रमुख भरत भट्ट, साइड इन्चार्ज सुरज थापा, नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकाल लगायतको सहभागीता रहेको थियो ।

Previous articleनेपथ्यको कन्सर्ट हेर्न जाऔं, मानव सेवामा योगदान पुर्यौं
Next articleसाइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाउने पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here