
नेपालगञ्ज । धारा आठौं नेपालगञ्ज म्याराथनको उपाधी नेपाली सेनाका खडक बहादुर खडकाले जित्नुभएको छ । ४२ किलोमिटर म्याराथनलाई खडकाले २ घण्टा २० मिनेट २८ सेकेण्डमा पुरा गर्नुभएको छ ।
नेपाली सेनाकै नरेन्द्र सिंह रावतले दोस्रो उपाधी जित्न सफल हुनुभयो । उहाँले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेण्डमा पुरा गर्नुभएको हो । यस्तै नेपाली सेनाकै मोहन देव जोशी तेस्रो उपाधी बिजेता बन्नुभएको छ । जोशीले निर्धारित दुरी २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा पुरा गर्नुभयो ।
यसैगरी हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठले जित्नुभएको छ । उहाँले २१ किलोमिटरको दुरी १ घण्टा १६ मिनेट ४१ सेकेण्डमा पुरा गर्नुभयो । भारतीय खेलाडी अन्जली चौहान हाफ म्याराथनमा उपबिजेता बन्न सफल हुनुभयो ।
चौहानले निर्धारित दुरी १ घण्टा २५ मिनेट १५ सेकेण्डमा पुरा गर्नुभयो भने तेस्रो हुन सफल अञ्जु खडकाले १ घण्टा ३६ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पुरा गर्नुभएको हो ।





