दोश्रो नेपालगन्ज वाकाथन

नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध सचेतनामुलक सन्देस प्रवाह गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो नेपालगञ्ज वाकाथन भब्यताका साथ सम्पन्न भएको छ ।

१९औं भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध सँगै हिँडौं भन्ने नाराका साथ बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालगन्जको गणेशमान चौकबाट बिहान ७ बजे शुरुवात भएको वाकाथन विभिन्न नारा, नारा अंकित प्लेकार्ड, नृत्य, गित तथा सेल्फि लिदै भ्रष्टाचार बिरुद्ध ऐक्येबद्धता जनाउदै चारबाहिनी, जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चौक हुँदै बिपि चौकमा पुगेर समापन गरिएको थियो ।

विभिन्न संघसंस्था तथा निकाय र क्याम्पसका बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण गरिएको थियो । कार्यक्रममा मुस्लिम समुदायको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा बोल्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिस चन्द्र शर्माले हरेक ब्यक्तिले असल आचरणका साथ काम गरेमा भ्रष्टाचार अन्त्य हुने बताउनुभयो । भ्रष्टाचार बिरुद्ध बासले गरेको अभियान प्रशंसनिय भएको बताउदै यस्ता कार्यक्रमहरुमा सबैले समर्थन गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाल प्रहरीको ब्याण्डले राष्ट्रिय गानको धुन प्रर्दशन गरेसँगै उद्घाटन भएको कार्यक्रममा स्वागत बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गर्नुभएको थियो भने नेपालगन्ज वाकाथनको उद्धेश्यमाथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पार्नुभएको थियो ।

बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा गायक पूर्ण थापा, महेन्द्र सेडाईले गित प्रस्तुत गर्नुभएको थियो । बासका कलाकारहरुले भ्रष्टाचार बिरुद्धको नाटक प्रर्दशन गरेका थिए भने सुनिता परियारले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

नेपालगन्जको गणेशमान चौकबाट शुरु भएको वाकाथनमा प्रहरीको ब्याण्ड बाजा, भ्रष्टाचार बिरुद्धका नारासँगै कार्यक्रममा सहभागि विभिन्न संघसंस्था तथा निकायका प्रमुख तथा प्रतिनिधिहरुले ऐक्येबद्धता मन्तब्य राखेका थिए ।

कार्यक्रम बासको आयोजना अन्तरालको ब्यवस्थापनमा भएको कार्यक्रममा एचसिआरसी हस्पिटल नेपालगन्ज, प्लान इन्टरनेशनल, बिग्रुप नेपाल, ठुलीभेरी नगरपालिका, एसओएस, ब्रिनोज कान स्याहार केन्द्र, एकाउण्डविलिटि ल्याब, द्धन्द्ध पिडित तथा एकल महिला सञ्जाल बाँके, प्रदेश सुशासन केन्द्र, बाँके युनेश्को क्लब, नेपालगन्ज किराना तथा खाद्य व्यवसायि संघ, एसडिएफ, गेरुवा ग्रामिण जागण्रा सँग, माता बागेश्वरी बचत तथा ऋण सहकारी सस्था, फेडो बाँके, कमिट नेपाल, गैसस महासँघ बाँके शाखा, अप्टिमिष्ट इन्टरनेशनल, नेपालगन्ज टेक्निकल कलेज, मन्टेश्वरी एसोसिएसन, दिदिवहिनी समाज बाँके लगायतको सहकार्यमा सम्पन्न भएको हो ।

नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष लुना बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रममा १ हजार बढीको सहभागिता रहेको थियो ।

Previous articleमानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि नरैनापुर लागि पर्ने : अध्यक्ष शाह
Next articleनेपालगञ्जको राँझामा डेढ करोडको लागतमा बहुउद्देश्यीय भवन निर्माण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here