बर्दियाका आठ स्थानीय तहमा एकिकृत शैक्षिक सूचना ब्यवस्थापन प्रणाली नुमना बनाइने

गुलरिया । एकिकृत शैक्षिक सुचना ब्यवस्थापन प्रणालीलाई सुदृद्ध बनाउने उद्देश्यले बर्दियामा संचालन गरिएको दुई दिने कार्यशाला आइतबार सकिएको छ ।

मंसिर २४ देखि संचालन भएको तालिममा बर्दियाका आठ वटा स्थानीय तह अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, शाखामा इ.एम.आइ.एस संचालन गर्ने प्रा.स, प्रधानाध्यापक, शिक्षक र शिक्षा समन्वय इकाइका प्रतिनिधि गरी २० जनामा आइतबार कार्यशाला सम्पन गरिएको हो ।कार्यशालमामा इ.एम.आइ.एस जन्मदाताको रुपमा चिर परिचित इ.एम.आइ.एस बिज्ञ संम्वेदन कोइराला, पुर्व उपसचिव शंकर बहादुर थापाले सहजिरण गर्नुभएको थियो ।

कार्यशालमा इ.एम.आइ.एसको आधारभुत अवधारणा, बिधालयको लेखा प्रणाली पद्दती, यसको रोल आउट तथा परिचय, बिधालयस्तरको इ.एम.आइ.एस.को मुल्याकंन तथा थप सुधारका लागि गरिने प्रक्रिया, पालिकास्तरमा निर्माण हुने योजना, बिधालय सुधार योजना, स्थानीय तहको कक्षा ८ र अन्य परीक्षा, IEMIS Web-portal बारे कार्यशालामा छलफल गरिएको थियो ।शिक्षा बिकास समन्वय इकाइ बर्दियाका निमित्त इकाइ प्रमुख महेददत्त देवकोटाले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेले जिल्ला तहमा शिक्षा बिकास समन्वयसंग समन्वयकारी भुमिका निर्वाह गरि परियोजनामार्फत स्थानीय तहका सामुदायिक बिधालयमा बिधालयको शैक्षिक गुणस्तिर बृद्दि गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको र सोहि सन्द्रर्भमा जिल्लाको शैक्षिक गुणस्तिर बृद्दि भएको छ, छैन बिधालयमा बालबालिकाहरुको सिकाइ उपलब्धीको अबस्था, हेर्ने मुख्य आधार भनेको इ.एम.आइ.एस प्रणाली भएकाले यसको प्रभावकारिताका लागि यो कार्यशाला संचालन गरिएको बताउँदै अबका दिनमा गुणस्तरिय तथा सम्पुर्ण तथ्याकंकहरु पुर्णरुपमा चुस्त दुरुस्तका साथ समयमा अध्यावधिक भइ आउने अपेक्षा गरेको बताउनुभयो ।उद्धाटन सत्रमा संस्थाका अध्यक्ष शिवलाल पाण्डेले परियोजनामार्फत संस्थाले पुर्व प्राथामिक तहको शैक्षिक गुणस्तर बृद्दिका लागि संस्थाले पालिकासंगको समन्वयमा बिगत ४ बर्षदेखि सिकाइ परियोजनामार्फत काम गरिरहेको बताउनुभयो । यो कार्यशाला उपलब्धीमूलक हुने अपेक्षाका साथ यो अवसर जुटाउने प्लान इन्टरनेशनल नेपाल, शिक्षा बिकास समन्वय इकाइ बर्दियालाइ बिषेश धन्यवाद पनि दिनुभयो ।

आइतबार समापन भएको कार्यशालामा सहभागी स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरुले बिधालय स्तरको इ.एम.आइ.एस नमूना बनाउने प्रतिबद्दता प्रकट गरेको स्याक नेपाल बर्दिया शाखाका परियोजना फोकल पर्सन कैलाश श्रेष्ठले बताउनुभयो ।

Previous articleलुम्बिनी सरकारको ५ वर्षमा एक खर्ब ४ अर्ब बजेट खर्च
Next articleआफ्नो भूमिका उत्कृष्ट बनाउन नगर प्रहरीलाई नगर प्रमुख आचार्यको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here