लोकप्रिय गायक सौगात सायरको ‘तिम्रो याद’ सार्वजनिक

नेपालगञ्ज । चर्चित लोकप्रिय गायक तथा संगीतकार सौगात सायरको आधुनिक गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ । गायक सौगतको स्वर तथा सम्पादनमा रहेको ‘तिम्रो याद’ आर.पि.बादल क्रियशन युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतले पछिल्लो समय घर तथा समाजमा देखिएको समस्यालाई उठान गरेको छ । समाजमा बिद्यमान यो समस्याले कहाँसम्मको असर पुग्छ भन्ने कुरा समेत गीतमा दर्शाइएको छ । गितकार पम्फा बन्जाडेको शब्द रहेको गीतलाई विष्णु भट्टराईले निर्देशन गर्नुभएको छ ।

गीतमा गायक सायरसंगै चर्चित कलाकार करिश्मा ढकाल, बिष्णु भट्टराई, धर्मराज भट्टराई र अर्जुन खनालको दमदार अभिनय रहेको छ । पछिल्लो समय दर्शक तथा स्रोताहरुको चाहाना अनुसार गीत निर्माण गरिएको गायक सायरले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्ज नाकाको हेल्थ डेस्कका १९ जना कर्मचारी कामविहीन
Next articleअपांगता भएका व्यक्तिलाई विपतबाट हुने जोखिम र न्यूनिकरणबारे छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here