२३ एसपीको काज सरूवा, बाँकेमा एसपी सन्तोष सिंह राठौर

नेपालगञ्ज । नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एसपीको काज सरूवा गरेको हो । सो क्रममा प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका सन्तोषसिंह राठौरको बाँकेमा सरूवा भएको छ भने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपेन्देही सरुवा भएको हो ।

यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपेन्देही योगेन्द्र सिंह थापाको सुर्खेत र काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका देवेन्द्रबहादुर पालको कैलालीमा सरूवा भएको हो ।

Previous articleडुडुवा गाउँपालिकाको १२ औं गाउँसभा शुरु
Next article‘हिजो स्वतन्त्र पंक्षी थिएँ, अहिले जिम्मेवारीको बन्धनमा बाँधिएको छु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here