डुडुवा गाउँपालिकाको १२ औं गाउँसभा शुरु

नेपालगञ्ज । लामो समयदेखि अनिश्चित बनेको बाँकेको डुडुवा गाउँपालिकाको १२ औं गाउँसभा सोमबार बसेको छ । पछिल्लो छ महिनादेखि गाउँपालिकाको कार्यपालिका बैठक नबसेका कारण आवश्यक सेवा सुबिधाबाट स्थानीय बन्चित भएका छन् ।

सेवा सु्बिधा रोकिंदा आम नागरिकले स्थानीय सरकारबाट पाउनुपर्ने सेवाबाट बञ्चित भएको र कर्मचारीले समेत तलब भत्ता नपाउँदा केही दिनअघि देखि आन्दोलन शुरु गरेका थिए । गाउँपालिका कार्यालयमा तालाबन्दीसंगै सम्पूर्ण कर्मचारी आन्दोलित भएपछि बाध्य भएर सोमबार कार्यपालिका बैठक बसेर १२ औं गाउँसभा बसेको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । तर गाउँसभामा पेश भएको कार्यक्रमको अध्ययनका लागि समय अभाव र नीति तथा कार्यक्रममा संसोधन गर्नुपर्ने भन्दै अर्को दिनका लागि स्थगित गरिएको छ ।

वडा नं ५ का वडाअध्यक्ष झंक बहादुर थापाले सोमबार नै बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम गाउँसभामा पेश गर्ने निर्णय अनुसार पेश भएको जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष चौधरीद्धारा पेश भएको कार्यक्रमको अध्ययन समय अभाव र केही बुंदामा संसोधन गर्नुपर्ने भएकाले गाउँसभा अर्कोदिनका लागि स्थगित भएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको राजनीतिक खिचातानीका कारण स्थानीय जनताले दुःख पाएका छन् । खिचातानीकै कारण कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट कार्यान्वयनमा समस्या आएर डुडुवाका सेवाग्राही पिडित बनेका हुन् ।

Previous articleअपांगता भएका व्यक्तिलाई विपतबाट हुने जोखिम र न्यूनिकरणबारे छलफल
Next article२३ एसपीको काज सरूवा, बाँकेमा एसपी सन्तोष सिंह राठौर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here