म्यानमारका नागरिकले नेपाली नागरिकता लिएको खुलासा

काठमाडौँ । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उहाँले बताउनुभयो । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौँबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ ।

झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कोइरालाले बताउनुभयो । रासस

Previous articleकोहलपुरमा ठेलागाडा तथा फुटपाथ पसल निषेध, नगर प्रहरीले चारवटा ठेला उठायो
Next articleसरकार गठनका लागि गठबन्धनमा सहमति जुट्ने : नेता महरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here