
नेपालगन्ज । बाँकेकाे बैजनाथ गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य चौकीहरुमा नि:शुल्क आँखा शिविर संचालन गरिएको छ ।
२०७९ पौष ३ देखि १२ गतेसम्म विभिन्न स्वास्थ्य चाैकीहरूमा संचालित शिविरहरुमा एक हजार आठ सय १६ जनाको आँखा परीक्षण गरि नि:शुल्क औषधि उपलब्ध गराइएको छ । यस्तै चार सय २२ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पतालको आयोजना, तेजकोहली रुइत फाउण्डेशनको सहयोग र बैजनाथ गाउँपालिकाको सहकार्यमा गरिएको थियाे ।
बाँकेका ग्रामीण क्षेत्रमा रहेका बिरामीहरू जाे अस्पतालसम्म पुग्न गाह्राे भएकाे छ वा आर्थिक अवस्थाले जान नसक्नेहरूलाई सेवा पुर्याउन शिबिर संचालन गरिएको आयाेजकले जनाएको छ ।







