विपतकाे समयमा सरसफाईमा क्षमता विकास गर्न नेपालगञ्जमा तीन दिने तालिम शुरु

नेपालगञ्ज । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने तालिम आजदेखि नेपालगञ्जमा शुरु भएको छ ।

युनिसेफको सहयोग, रुकुमेली समाज विकास केन्द्रको प्राविधिक सहयोग एवम् नेपालगञ्ज उपमहानगरपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको आयोजनामा शुरु भएको तालिममा विपतको समयमा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको महत्वका विषयमा सहजीकरण गरिनेछ ।

विपतको समयमा सरसफाईमा क्षमता विकास गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो । तालिमको सुरुवात गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपतमा सबैभन्दा ठूलो चुनौती सरसफाईकै हुने बताउँदै विपतका बेला सरसफाईमा ध्यान नपुग्दा महामारी नै निम्तिन सक्ने जोखिम बढ्ने बताउनुभयाे ।

वातावरण इन्जिनियर प्रकाश डिसीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले तालिमको उपलब्धि नेपालगञ्ज उपहानगरपालिकाको पूँजीका रुपमा रहने विश्वास व्यक्त गर्नुभतायाे । तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न महाशाखा, शाखाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् ।

नगर प्रमुख विष्टको अध्यक्षतामा शुरु भएको तालिममा उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायत उपस्थिति रहेकाे थियाे । तालिमको पहिलो दिन आज रुकुमेली समाज विकास केन्द्रकी वास परामर्शदाता शोभा राना मगरले सहजीकरण गर्नुभयाे ।

तालिम सुरुवात कार्यक्रमको सञ्चालन आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्नुभएकाे थियाे । वासका क्षेत्रमा लामो समयदेखि काम गरिरहेको रुकुमेली समाज विकास केन्द्र पहिलोपटक नेपालगञ्जमा आएर तालिममा प्राविधिक सहयोग गरेको हो ।

Previous articleडुडुवाको सबैभन्दा ठुलो सडक योजनाको निमार्ण शुरु
Next articleबैजनाथका चार सय २२ जनामा मोतिबिन्दुकाे समस्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here