विश्व विख्यात फुटबलर पेलेको निधन

एजेन्सी । विश्व विख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उहाँको मृत्यु भएको जानकारी दिएको छ ।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्नुभएका उहाँको खेल जीवनमा उहाँले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिनुभयो । तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्नुभएको थियो ।

उहाँले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गर्नुभएको थियो ।सन् २००० मा फिफाले उहाँलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताउनुभएका उहाँले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गर्नुभयो । ब्राजिलका लागि ९२ खेल खेल्दै उहाँले ७७ गोल गर्नुभएको छ । २१ वर्षको करियरमा उहाँले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गर्नुभएको थियो ।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहनुभएको थियो । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताउनुभयो ।

Previous articleआज तमु ल्होसार : राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
Next articleनरैनापुर क्षेत्रमा नहर निर्माणको बाटो खुल्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here