वडाअध्यक्षको व्यक्तिगत लगानीमा पिसिसि बाटो निर्माण

बाँके । डुडुवा गाउँपालिका वडा नं–३ का वडा अध्यक्ष भण्डारीलाल यादवले व्यक्तिगत लगानीमा पिसिसि बाटो निर्माण गर्नुभएको छ । वडाअध्यक्षको भुमिकालाई कार्यान्वयन गर्ने प्रयासस्वरुप व्यक्तिगत लगानीमा भएपनि हलबलडोलीमा पिसिसि बाटो निर्माण गर्नुभएको हो ।

जनताको माग र आवश्यकता भएपछि व्यक्तिगत लगानी गरेको उहाँले बताउनुभयो । लामो समयदेखि सो गाउँमा बाटोको समस्या भएको र पटक–टक सम्बन्धित ठाउँमा पहल गरेको भएपनि कुनै सुनुवाई नभएपछि आफुले गर्नसक्ने जति लगानी गरेर बाटो निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष यादवले सो गाउँमा ३ मिटर चौडा र ३० मिटर लम्बाईसहितको बाटो निर्माण गरेको जनाइएको छ । डुडुवा गाउँपालिकाको सबै वडाहरुमा बाटोघाटोको समस्या रहेको पाइन्छ । स्थानीय सरकारको नेतृत्व आएपछि सर्वसाधारणले धेरै आशा गरेको भएपनि वडा अध्यक्ष भण्डारीले सो आशा पुरा गर्न नसकिएको बताउनुभयो ।

‘यो वडाका बिभिन्न गाउँमा अझै धेरै समस्या छ’, वडाअध्यक्ष यादवले भन्नुभयो, ‘स्थानीय सरकारले भएका समस्या समाधान गर्छ भन्ने जनताले सोचेका थिए, तर राजनीतिक मतभेदका कारण सोचें जति पुरा गर्न असमर्थ भयौं ।’

योसंगै उहाँले यसअघि वडाका बिभिन्न ६० स्थानमा व्यक्तिगत लगानीमा धारा समेत जडान गर्नुभएको छ ।

Previous articleसामाजिक काममा सक्रिय सोहनलालको अर्को प्रंसशनीय कार्य
Next articleप्रदेशस्तरीय दुई दिने भर्चुअल युवा सम्मेलन : सुलभ कर्जामा सहज पहुच हुनु पर्नेमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here