
बाँके । नरैनापुर गाउँपालिकाको राजनीतिमा सक्रिय युवा नेता सोहनलाल यादवको सामाजिक कार्यमा सक्रियता जारी छ ।
गाउँपालिकादेखि जिल्लास्तरको बिभिन्न सामाजिक कार्यमा सक्रिय रहने यादवले सार्वजनिक कार्यमा सहयोग प्रदान गर्ने क्रमलाई यस पटक पनि निरन्तरता दिनुभएको छ ।
नेकपाको राजनीति गर्दै आउनुभएका युवा नेता यादव बिद्यालयको भौतिक बिकासदेखि समुदायमा हुने सार्वजनिक कार्य नेतृत्व लिने कुरामा पछि पर्नुहुन्न ।
समुदायको दुःख समस्या जस्ता कुरालाई स्थानीय तहदेखि नै बुझ्दै आउनुभएका उहाँले हालै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, नेपालगञ्जमा निर्माण भएको कर्मचारी आवास भवन निर्माण सहयोग समेत गर्नुभएको छ ।
देशहितमा सदैव अग्रपंक्तिमा रहने प्रहरीको व्यवस्थापनमा गरेको सहयोगले उहाँलाई सामाजिक कार्यकर्ताको पहिचानलाई पहिलो दर्जामा पु¥याएको छ । उहाँले प्रहरी तालिम केन्द्रमा निर्माण भएको संरचनाका लागि सरिया (छड) र सिमेन्ट सहयोग गर्नुभएको थियो ।
सामाजको हितमा आवश्यक परेको बेला सकेको सहयोग गर्न तयार छु, नेता यादवले भन्नुभयो, राजनीतिसंगै सहयोगी भावना पनि हुनुपर्छ । मानिसको आफ्नो भुमिका तथा कर्तव्यलाई पनि कहिल्यै भुल्न नहुने उहाँको भनाई छ ।
नेकपाको क्षेत्रीय कमिटि सदस्य समेत रहनुभएका युवा नेता यादवले कोरोना महामारीका समय समस्यामा परेकालाई राहत बितरण गर्न बनाइएको कोरोना कोरोना कोषमा समेत सहयोग गर्नुभएको थियो ।
त्यस्तै उहाँले नरैनापुर गाउँपालिकामा समेत त्यस्तै किसिमको सहयोग गर्नुभएको छ । सामाज भएपछि मात्र मानवबीच सम्बन्ध, व्यवहार निर्माण हुन्छ, मानवताको भावना नै मानिसको पहिचान भएको उहाँले बताउनुभयो ।






