प्रदेशस्तरीय दुई दिने भर्चुअल युवा सम्मेलन : सुलभ कर्जामा सहज पहुच हुनु पर्नेमा जोड

नेपाल युवा परिषद, मास्टरपिस एनवाईसी नेपाल, नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र बढैयाताल गाउँपालिकाको सहकार्यमा प्रदेश नं.५ मा प्रदेश दुई दिने युवा सम्मेलन भर्चुअल रुपमा सम्पन्न भएको छ ।

सो सम्मेलनको उद्घाटनमा प्रमुख अतिथि प्रदेश नं. ५ सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री माननीय बैजनाथ चौधरीले प्रदेश नं.५ युवाहरुलाई उहाँले आफनो राष्ट्रमा नै बसी श्रम गर्नु पर्ने र युवाहरुलाई सुलभ कर्जामा सहज पहुच हुनु पर्ने वातावरण मिलाउनु पर्नेमा जोड दिनुभयो ।

त्यसै गरि बिशिष्ट अतिथि तिलोत्तमा नगरपालिका, रुपन्देही नगर प्रमुख बासुदेव घिमिरे र बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले युवाहरु समाज परिवर्तनमा लाग्नुपर्ने सल्लाह सुझाव दिनुुभएको थियो ।

युवा सम्मेलनका लागि प्रदेश नं.५ बाह्र वटै जिल्लाहरुबाट २५० बढी युवाहरुको सहभागिता जनाएका छन ।

सो सम्मेलनमा पहिलो दिन निर्वाचनमा युवाको भुमिकाको बारेमा निर्वाचन आयोग नेपालका उपसचिव कोमलप्रसाद धमलाले प्रशिक्षण दिनुुभएको थियो ।

भने आफनो उद्यमशिलताको सफलताका कथाहरुमा महिला उद्यमी घरेलु उद्योग महासंघका केन्द्रिय सदस्य एवं जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष, बुद्धिमाया सुनार, अर्का उद्यमी लुम्बिनी अर्गानिक फर्म एण्ड रिर्सच सेन्टरका आश गुरुङले आआफना सपलताका कथाहरु सुनाएका थिए भनेर युवा आभियान्ता ॠतिक शाहीले जानकारी दिनुभयो ।

सम्मेलनको समापन समारोहका प्रमुख अतिथि प्रदेश नं.५ का सामाजिक बिकास मन्त्री माननीय सुर्दशन बरालले युवाहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आफनो क्षेत्रमा परिचालन गर्न सक्नु पर्ने र युवाहरु स्वदेशमै केही उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड दिनुभयो ।

साथै उहाँले युवाहरुलाई रचनात्मक कार्यमा लगाउनु पर्ने र युवाको असिमित क्षमतालाई आफनै देशमा लगाउन सक्ने वातावरण मिलाउनुु पर्नेमा जोड दिनुभयो ।

त्यसै गरि बिशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले वर्तमानमा युवामा लगानी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले युवाहरु समाज परिवर्तका सम्वाहक भएकोले युवा नै सचेत भई लाग्नुपर्ने सुुझाव दिनुुभएको छ ।

त्यसै गरि अर्का बिशिष्ट अतिथि शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी चौधरलिे सम्पुर्ण युवाहरु स्वदेशमै आफनो श्रम र सीप लगानी गर्नु पर्ने बताईन् । साथै आफनो समाजप्रति सकारात्मक भई लाग्नु पर्ने बताईन् ।

सो सम्मेलनमा दोस्रो दिनमा सुशासनको बारेमा गो गो फाउण्डेशनका निर्देशक केदार खड्का, जलवायु परिवर्तनकाको बारे बिन्दु भण्डारी र मानसिक स्वास्थ्यका बारेमा कपिल शर्माले प्रशिक्षण दिनुुभएको थियो ।

भने पहिलो दिनमा निर्वाचनमा युवाको भुमिका, आफनो उद्यमशिलताको सफलताका कथाहरुमा महिला उद्यमी घरेलु उद्योग महासंघका केन्द्रिय सदस्य एवं जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष, बुुद्धिमाया सुनार, अर्का उद्यमी लुुम्बिनी अर्गानिक फर्म एण्ड रिर्सच सेन्टरका आश गुरुङले आआफना सपलताका कथाहरु सुनाएका थिए ।

युवाहरुलाई आगामी दिनमा प्रदेश नं.५ का सम्पुर्ण युवाहरुलाई सहकार्य गर्दै अघि बढ्ने नेपाल युवा परिषद,प्रदेश नं.५ का संयोजक सोम गुरुङले जानकारी दिनुभयो ।

युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस साथै युवा शक्तिलाई स्वदेशमै उद्यमी बन्न सहज वातारण निर्माण बनाउन भन्ने मुख्य उद्धेश्यका साथ सो सम्मेलनको आयोजना गरिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सराज बाँनियाले जानकारी दिनु भयो ।

सो सम्मेलनको अन्त्यमा सम्मेलनको समिक्षा बारे रुपन्देहीका सन्ध्या अधिकारी,कपिलवस्तुका सुभद्र पोखरेल,नेपाल युवा परिषद, रुपन्देही शाखाका अध्यक्ष कुशल डुुम्रले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन नेपाल युवा परिषद, कपिलवस्तुुका अध्यक्ष सुनिता बेल्बास र कृष्ण पाण्डेले गर्नुभएकाे थियाे।

Previous articleवडाअध्यक्षको व्यक्तिगत लगानीमा पिसिसि बाटो निर्माण
Next articleजिल्लाभरिमै आधा संक्रमित नेपालगञ्जका !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here